इटहरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० को डाँस मोरङ्गी गंगा आर्यघाटमा पथरी जेसीजले सरसफाई गरेको छ । सोमबार बिहान पथरी जेसिस द्वारा आफ्नो जेसिस सप्ताहको दोस्रो कार्यक्रम अन्तर्गत उक्त स्थानमा सरसफाई गरेको हो । पथरिशनिश्चरे वडा नं १० का वडा अध्यक्ष जीवन कुमार खतिवडाको प्रमुख आतिथ्यता र पथरी जेसीजका वर्तमान अध्यक्ष राजकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा पथरी जेसीजकी महासचिव निर्मला भट्टराई, कार्यकारणी उपाध्यक्ष तथा जेसीज सप्ताह कार्यक्रमका मुल संयोजक नगेन्द्र घिमिरे, घाट कार्यक्रम संयोजक सागर थापा,पशुपति सामुदायिक वनका वनरक्षकहरू, शसस्त्र प्रहरी वल (बेस क्याम्प )पथरी शनिश्चरेका प्रमुख प्रहरी नायब निरीक्षक पुण्य प्रसाद बिमली, सशस्त्र प्रहरी जवानहरू लगायतको उपस्थितिमा मलामी घाट, खाजा घर तथा आसपासमा जथाभावी फालिएको प्लास्टिकजन्य फोहर मैलाहरू संकलन गरी व्यवस्थापन गरिएको थियो ।


