इटहरी । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पथरी शनिश्चरे नगर कार्य समितिको पाँचौं वार्षिक साधारण सभा र तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । कार्यक्रम पथरी शनिश्चरेको भूपू सैनिक माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो। नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै स्थानीय सरकार निजी विद्यालयहरूको समस्याहरू समाधान गर्न तयार रहेको बताउनुभयो । एसईई परीक्षामा ४ जीपीए ल्याएका रेडस्टार माध्यमिक विद्यालयका सतिश आचार्य र अजय लिम्बुलाई नगद सहित सम्मान गरिएको छ । सोही विद्यालयकी मनिता कार्कीलाई कक्षा १२ मा ३.८० जीपीए ल्याएकोमा प्रशंसा पत्र सहित सम्मान प्रदान गरिएको छ । शिक्षण पेशामा लामो समयदेखि योगदान पु¥याउनुभएकी भूपू सैनिक माध्यमिक विद्यालयकी शिक्षक लक्ष्मी राना मगरलाई “शिक्षक दीर्घ सेवा सम्मान” तथा अन्नपूर्ण माविका कर्मचारी रामचन्द्र रानालाई “कर्मचारी दीर्घ सेवा सम्मान” प्रदान गरिएको छ । पत्रकारितामा लामो समय योगदान दिएका मोहन भट्टराई र अर्जुन जम्नेली राईलाई नगद र दोसल्ला सहित सम्मान गरिएको छ । कार्यक्रममा प्याब्सनका प्रदेश अध्यक्ष टिकराम ढकाल, शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, प्याब्सन मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, नेपाल शिक्षक महासंघ तथा पथरी शनिश्चरे नगर समितिका अध्यक्ष अर्जुन कुमार बुढाथोकी , पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पथरी जेसिस अध्यक्ष राजकुमार विश्वकर्मा, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहाल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । अधिवेशनको दोस्रो सत्रमा आर्थिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गर्दै नयाँ नेतृत्व चयन गरिएको छ ।


