इटहरी / इटहरीको खनार नजिकै शान्ति चौकमा बसको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

इटहरी बाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक जनता मावि इटहरीमा कक्षा ९ मा अध्ययनरत सम्झना यादव रहेको स्थानीयले बताएका    छन् ।

दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् । आगजनीबाट बस पूर्णरूपले जलेको छ ।दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले बसलाई खनार चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए । अहिले यस क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ ।