इटहरी । सुतार कार्की कुलवंश प्रतिष्ठान भवनको उद्घाघाट्न तथा सम्मान कार्यक्रम गरिएको छ । शनिवार हरिद्दार चतरामा कुलवंशको नाम हाम्रो पहिचान, सुतार कार्कीको गौरव हाम्रो सम्मान भन्ने मुल मन्त्रलाई आत्म सम्मान गर्दै सुतार कार्की प्रतिस्ठानका अध्यक्ष कुमार कार्कीको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री राजेन्द्र कार्कीको प्रमुख अतिथ्य्तामा कार्यक्रम सुरु भएको थियो । प्रतिष्ठानको भवन उद्घाटन प्रमुख कोशी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री राजेन्द्र कार्की तथा सुतार कार्की सेवा समिती केन्द्रिय अध्यक्ष दिव्यध्वज कार्कीले भवनको उद्घाटन गर्नु भएको हो । त्यस्तै १ सय भन्दा वढी प्रतिष्ठानका सल्लाहकार सदस्य, जेष्ठ नागरिक, सरकारी सेवामा कार्य गर्ने सुतार कार्की परिवारका सदस्यहरुलाई सम्मान गरिएको हो । सुनसरीको चतरामा भवन उद्घाघाट्न भए पनि अपुरो रहेको भन्दै पूण भवन बनाउन सबै सुतारकार्की लाग्नु पर्नेमा जोड्दिनु भएको छ भने, कोशी प्रदेश सभा सदस्यको हकमा आउने मंसिर महिनाको पारिश्रमिक प्रतिष्ठानलाई दिने कोशी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री राजेन्द्र कार्कीले बताउनुभयो । सुतारकार्की भएर पनि सुतार कार्की कुलवंश प्रतिष्ठानको जानकारी नभएका बन्धुहरुलाई एकीकृत गर्न गराउनका लागि विभिन्न क्षेत्रमा रहेका धेरै सुतारकार्की परिवारका सदस्य, जेष्ठनागरिकलाई सम्मान गरिएको साथै आगामी दिनमा छुटेका सदस्यहरुलाई सम्मान गरिने, साथै भवनलाई मजबुत बनाउन लागि परेको सुतार कार्की कुलवंश प्रतिष्ठान महासचिव मनोज कार्कीले बताउनु भयो । सुतारकार्की कुलवंश प्रतिष्ठानले आफ्नो दाजुभाई बन्धुहरुको संरक्षण संगै सामाजिक कार्यमा योगदान गर्दै आएको छ । आफ्नै भवनको उद्घाघाट्न समेत गरिरेको र विभिन्न क्षेत्रमा रहेका धेरै सुतारकार्की परिवारका सदस्यको सम्मानले थप सदस्यहरुको मनोबल उच्च हुने प्रतिष्ठानको बुझाई रहेको छ । कार्यक्रममा सुतारकार्की सेवा समिती केन्द्रिय सदस्यहरु, प्रदेशका सदस्यहरु, साथै सुतारकार्की कुलवंश प्रतिष्ठानका सल्लाकार सदस्यहरु, सुतारकार्की परिवारका सदस्यहरुको उपस्थितीमा भवनको उद्घाघाट्न तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।


