इटहरी । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्। आज बिहान भएको मतगणनामा रेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ। बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत मात्र प्राप्त गरे। उपाध्यक्षमा उदयबहादुर राई, सचिवमा रामप्रसाद सुवेदी ९रविन्द्र०, उपसचिव ९खुला० मा रमेश राई, उपसचिव ९महिला० मा प्रतिस्पर्धी विष्णुमाया रिमाल ९आचार्य० निर्वाचित भएका छन्। सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि पदाधिकारी सबैमा निर्वाचन भएको थियो। बिहीबारदेखि सुरु भएको ११औँ अधिवेशनमा इलामका ८१ वटा, २१ जनसङ्गठन र पेसागत सङ्गठन, तीन इलाका शाखा एउटा विशेष वडा कमिटीबाट चयन भएका पाँच सय ८७ प्रतिनिधि सहभागी थिए । मत भने पाँच सय ८१ मात्र खसेको थियो ।


