काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा चलिरहेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर शुक्रबार बिहान स्वदेश फर्किनुभएको छ । राष्ट्रपति पौडललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाअध्यक्ष, उपसभामुख लगायत उच्च पदस्थ अधिकारीले स्वागत गर्नुभयो । अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल गएको कात्तिक २५ गते बाकु प्रस्थान गरेको थियो । कात्तिक २६ देखि शुरु भएको कोप–२९ सम्मेलन आउँदो मङ्सिर ७ गतेसम्म चल्नेछ ।


