विराटनगर २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलकको आर्थिक अवस्थामा सुधार हुँदै गएको बताउनु भएको छ ।
विराटनगर विमानस्थमा आज सञ्चारकर्मीसँगको छोटो कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले आर्थिक अवस्थाको सुधार हुँदै गएको बताउनु भएको छ । उहाँले भन्नुभयो,‘ आर्थिक सुधार हुँदै छ । आर्थिक अवस्थाको सुधारमा सरकारले काम गरिरहेको छ ।’
सन् २०१६ मा १२औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले सोमबार १३ औं दीक्षान्त गर्दै छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले विभिन्न संकायका ६५७ जना विद्यार्थीहरु दीक्षित गर्ने प्रतिष्ठानले जनाएको छ ।


