सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचास्थित राइडर महफिल विराटचोकको आयोजनामा छैटौँ संस्करणको साङ्गीतिक गजल महफिल सम्पन्न भएको छ।

 सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार कार्यक्रम भएको थियाे । आयोजित कार्यक्रममा गणेशबाबु अधिकारीको 'रेजा' पुस्तकको विमर्श अस्मिता विष्टले गरेकी थिइन् । कार्यक्रममा अतिथि गजलकारहरू युवराज ठकुरी, धादिङका स्रष्टा लालकाजी श्रेष्ठ तथा  झापाबाट सिन्धु निरौलाले  गजलहरू वाचन  गरेको  कार्यक्रम संयाेजक तथा साहित्यकार छवि बैरागी घिमिरेले उल्लेख गरे ।

 साङ्गीतिक गजल महफिलमा समाजसेवी नागेश पोख्रेल प्रमुख अतिथि तथा सुरेन्द्रबहादुर थापा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । विभिन्न क्षेत्रका साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रम  भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राईकाे सभापतित्व तथा विवेक विवश रेग्मीकाे सञ्चालनमा भएको थियाे।