इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले  आफ्नो २९ औ वार्षिक स्थापना दिवस सम्पन्न गरेको छ । मंगलबार इटहरी पाटी प्यालेसमा सस्थाका  अध्यक्ष  शालिकराम ढकालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको  प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा स्थापना दिवसको अवसर पारेर सस्था स्थापना भएको २९ वर्ष पार गरि राख्दा, सस्थाको बारेमा समिक्षा गरिएको हो । सुरुवातमा ३४ जना व्यक्तिबाट र रु १७ सयको पुँजीबाट प्रारम्भ भएको यो संस्था हाल सुनसरी जिल्लाका ७ ठाउँमा सेवा केन्द्रहरू सञ्चालन गर्दै २३ हजार ३ सय ६८ जना सेयर सदस्य सम्म विस्तार भएको छ । स्थापना दिवसको अवसर पारेर  उत्कृष्ट सेयर सदस्य, कर्मचारी, महिला बचत, बालबचतका सदस्यहरूलाई सम्मान गरिएको छ । संस्थाले मात्रात्मक र गुणात्मक रूपमा दुवै सुधार गर्दै आएको छ । एसियाली ऋण महासंघबाट एक्सेस ब्रान्डिगं प्राप्त देशकै सर्वाेत्कृष्ट सहकारी संस्था पनि हो । सहकारीका अन्तराष्ट्रिय मुल्य र मान्यतालाइ पालना गरेर राज्यले निमार्ण गरेका सहकारी ऐन कार्यन्वयन गरेर सस्था सञ्चालन भै रहेको अवस्थामा सस्थाको आम्दानी राम्रो रहेको कार्यक्रमका प्रमुह नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बताउनुभयो । संस्था स्थापनाको २९ वर्ष पूरा भए पनि कानुनी वैधताका आधारमा २३ वर्ष पूरा भएको भन्दै शालिकराम ढकालले संस्थाले मात्रात्मक रुपमा उल्लेखनीय वृद्धि गर्दै गुणात्मक सेवा विस्तार समेत गरिरहेको बताउनुभएको छ भने संस्थाले गरेका कार्यलाई पादर्शी बनाउन र सस्थालाई सफल बनाउन तर्फ कार्य गरिरहेको बताउनु भयो । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ सञ्चालक लक्ष्मी सापकोटा, कोशी प्रदेश सहकारी संघका हरि प्रसाद सुवेदी, जिल्ला सहकारी संघ अध्यक्ष गंगा प्रसाद दाहाल, संस्थाका सल्लाहाकार प्रमुख कृष्ण विनोद लम्साल, सल्लाहाकार प्रमोद शेर्पा,  इटहरी वडा नं. १६ का अध्यक्ष  तेज नारायण चौधरी ,सेयर सदस्य, संचालक सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।