अनिल श्रेष्ठ
इनरुवा / नेकपा एमाले इनरुवा नगरपालिका वडा नम्बर ३ काे वडा अधिवेशन सनिवार सम्पन्न भएको छ । अधिवेशनबाट चेतराज पाेखरेलकाे अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी निर्विरोध निर्वाचित भएको छ।
वडा कमिटी उपाध्यक्षमा केशवकुमार श्रेष्ठ, सचिवमा कमलप्रसाद उपाध्याय, सहसचिव खुलामा उमेश कुमार चाैधरी, सहसचिव महिलामा करुणा सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा लिलि घाेष, गुण बहादुर लुईटेल, टेकबहादुर घिमिरे , नातिबाबु कार्की ,बादलकुमार श्रेष्ठ , पूर्ण माया बस्नेत र शर्मिला चाैधरी निर्विरोध निर्वाचित हुनुभएको हो ।
कोशी प्रदेशका पुर्ब मुख्य मन्त्री तथा सुनसरी २ का संघीय सासद भिम आचार्यकाे प्रमुख अतिथ्यतामाभएको अधिवेशनमा नेकपा एमाले केन्द्रिय सदस्य तैयब हुसेन, अनुशासन आयोगका केन्द्रिय सदस्य पोस्ट नेपाल, नेता खेमराज पोख्रेल कालुराम गुरुङ लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।



