इटहरी । धनकुटामा दशैपछि पनि स्थानीय प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिएको छ । दशै सकिएपछि पनि अखाद्य बस्तुको जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले बजार अनुगमनलाई तिब्र पारेको हो । घरेलु तथा साना उद्योग कार्यालाय धनकुटाको आयेजानमा जिल्ला प्रशासन कार्यालय तथा खाद्य प्रविधि गुण नियन्त्रण डिभिनज कार्यालाय र राष्ट्रिय उपभोक्तामञ्च धनकुटाले संयुक्त रुपमा अनुगमनलाई तीब्रता दिएका हुन् । बुधबार टोलिले धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ सिधुवा बजारमा अनुगमन गरेको हो । होटल ,इन्धन, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ । अघिल्लो बर्ष अखाद्यबस्तु अत्याधिक पाइने गरेकोमा यो वर्ष सो क्रम धेरै घटेको पाइएको जनाएको छ । दशै अघि अनुगमन गरे पनि पुन अखाद्य बस्तुको जोखिम बढ्न थालेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेब रायमाझिले जानकारी दिनुभयो । अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिईने घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका सुचना अधिकारी विकास कार्कीले जानकारी दिनुभयो ।


