इटहरी । नेकोस राष्ट्रिय एथलेटिक्स संघ सुनसरीले हरिनगरा गाउँपालिकामा सर्वसम्मत रूपमा मिराज अन्सारीको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । नेकोस सुनसरीका उपाध्यक्ष देवराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ३५ सदस्यीय कमिटी गठन भएको हो । नवनिर्वाचित कमिटीमा सजिद अन्सारी उपाध्यक्ष, ईमराम अन्सारी सचीव, र दिल साद अन्सारी कोषाध्यक्षको रूपमा चयन भएका छन् । उक्त कमिटीले आगामी दिनमा हरिनगरा क्षेत्रमा एथलेटिक्स तथा खेलकुदको क्षेत्रमा विशेष योगदान दिने प्रतिबद्धता जनाएको छ । अध्यक्ष मिराज अन्सारीले सबै सदस्यहरूलाई खेलकुदको विकास र संघको लक्ष्य प्राप्तिमा जुट्न आह्वान गर्दै, खेलकुदको माध्यमबाट युवाहरूलाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा  मोहन कुमार यादवको प्रमुख आतिथ्यता साथै नेकोस राष्ट्रिय एथलेटिक्स संघ केन्द्रीय अध्यक्ष अनिरूद्र चौधरी, कोशी प्रदेश अध्यक्ष सिरिसलाल चौधरी, केन्द्रीय सदस्य मदन शाह, देवलोचन बिस्वास  साथै नेपाल खेलकुद महासंघ सुनसरीका अध्यक्ष विकल पौडेल, गौतम माझी, सदरुल आलम लगायतका विशिष्ट अतिथिहरूको पनि सहभागिता रहेको थियो ।