इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत इटहरी र पूर्वीगैसार सेवा केन्द्र एकाईको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार नेवा पार्टी प्यलेसमा भएको कार्यक्रमको सभाको अध्यक्षता संस्थाका अध्यक्ष शालिकराम ढकालले गर्नुभएको थियो । शुरुवातमा ३४ जना व्यक्ति र रु १७ सयको पुँजीबाट सुरु भएको यो संस्था अहिले २३ हजार ३ सय ६८ जना सदस्यता विस्तार भएको छ । सभामा प्रस्तुत प्रतिवेदन अनुसार, १३ करोड ९७ लाख ५८ हजार रुपैयाँको सेयर पुंजी रहेको छ । संस्थाले १ करोड ३१ लाख १२ सय ५२ रुपैयाँ ऋण लगानी गरेको छ भने कुल आम्दानी १८ करोड ६० लाख ७९ हजार १ सय ६६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । “संस्था स्थापनाको २९ वर्ष पूरा भए पनि कानुनी वैधताका आधारमा २३ वर्ष पूरा भएको छ ।” शालिकराम ढकालले संस्थाले मात्रात्मक रुपमा उल्लेखनीय वृद्धि गर्दै गुणात्मक सेवा विस्तार समेत गरिरहेको बताउनुभएको छ भने, सस्थाका सेयर सदस्यहरुलाई वार्षिक हिसाव, संस्थाले गरेका कार्यलाई पादर्शी बनाउन साधारण सभा आवश्यक्ता पर्ने बताउदै, संस्थाले आयोजना गर्ने बिभिन्न खालका कार्यक्रमहरुमा संस्थाका सदस्याहरु अनिवार्य सहभागी हुनु पर्ने अध्यक्ष ढकालले बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्था विभिन्न सामाजिक कार्यहरूमा संलग्न हुँदै आएको छ । हाल, किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड समाजको विभिन्न तह र तप्कामा लोकप्रिय बन्दै गएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष यादव प्रसाद सिग्देल, सञ्चालक सदस्यहरु गणेश बहादुर भण्डारी, अनिता चापागाईँ , लेखा सुपरिवेक्षण समिति सदस्य खेमनाथ न्यौपाने, कौशल निरौला, प्रमुख अधिकृत पुस्कर बस्नेत लगायत इटहरी र पूर्वीगैसार सेवा केन्द्र एकाईका सदस्यको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।


