बेलबारी / मोरङको बेलबारी ३ मा रहेको बेलबारी बहुमुखी क्याम्पसमा दलीय भागबण्डाका आधारमा नयाँ समिति चयन गर्दा समेत एक जना महिला समितिमा नपरेपछि चौतर्फी आलोचना भएको छ ।

कुनैपनि संस्थामा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने प्राबधान भएपनि नयाँ सञ्चालक समिति र लेखा समितिमा समेत महिला सहभागिता शुन्य रहेको छ  । समितिमा नेपाली काँग्रेस, नेकपा एमाले र माओबादीले भागबण्डाका आधारमा नयाा समिति निर्माण गरेका हुन । 

समितिको अध्यक्षमा सञ्चालका समितिका पुर्ब अध्यक्ष समेत रहेका प्रदेश साँसद ज्ञानेन्द्र सुवेदी उपाध्यक्षमा माओबादीका बेलबारी अध्यक्ष पर्शुराम सुवेदी,कोषाध्यक्षमा काँग्रेसका क्षेत्रीय सचिब राजेन्द्र अधिकारी चयन भएका छन । सदस्यहरुमा एमालेका शिव बराल,माधबराज थापा काँग्रेसका जनक पोख्रेल,ज्ञानुराज राई लगायत रहेका छन । यसैगरी सदस्यमा झमक कट्टेल र मोहन   गुरुङ,रामकुमार राई र बिन्देश चौधरी चयन भएका छन । 

यसैगरी लेखा संयोजकमा गोविन्दबहादुर कार्की सदस्यमा प्रदिप श्रेष्ठ , राजेन्द्र प्रसाद सापकोटा , मिलन प्रसाई र निरकुमार श्रेष्ठ चयन भएका    छन । सोमबार बनेको समितिमा एकजना महिला पनि नपरेपछि यतिबेला सो समिति र राजनीतिक दलहरुको चौतर्फी आलोचना भईरहेको छ ।