विराटनगर / पछिल्लो २४ घण्टामा विराटनगरमा १४१.१ मिलिमिटर वर्षा भएको  छ । हिजो बिहानबाट सुरु वर्षा रोकिएको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा विराटनगरमा १४१.१ मिलिमिटर वर्षा भएको हो । वर्षाका कारण विराटनगरकाे विभिन्न क्षेत्र डुवानमा परेकाे छ ।पछिल्लाे २४ घण्टामा धेरै वर्षा भएको दोस्रो स्थानमा विराटनगर छ । विराटनगर भन्दा धेरै वर्षा सप्तरीको कञ्चनपुरमा     १५१‍.८ मिलिमिटर मापन भएकाे छ । 

इलामको कन्याममा १०७‍.२, झापाको कन्काई मैनाचुलीमा १११ मिलिमिटर, उदयपुरको सुन्दरपुरमा ११९.६ र कैलालीको धनगढीमा १०१ मिलिमिटर वर्षा मापन भएको छ ।१०० मिलिमिटर भन्दा धेरै वर्षा भएको खण्डमा भारी वर्षा मानिन्छ ।