सिताराम चन्द्रवंशी
मोरङ, पथरी शनिश्चरे — असोज ९ र १० गते पथरी शनिश्चरे नगरपालिका वडा नं. ६ को बलबहादुर लप्टन खेल मैदान विक्रिझाकमा मधेशी उत्थान युवा समूहको आयोजनामा जितिया विशेष धार्मिक एवं सांस्कृतिक जागरण कार्यक्रम – २०८१ भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रमको अध्यक्षता सुचिन्द्र मण्डल (चन्द्रवंशी) ले गर्नुभएको थियो। पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। आफ्नो सम्बोधनमा प्रमुख अतिथि तुम्वापोले जितिया पर्वको धार्मिक र सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै, यस्तो खालको कार्यक्रमले समाजमा चेतना र संस्कृतिको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, अगुवा चन्द्रवंशी मण्डल परिवार र मधेशी समुदायका अन्य अगुवाहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँले कार्यक्रमको सफलताका लागि विशेष प्रशंसा गर्नुभयो।
जितिया विशेष कार्यक्रमका अवसरमा विभिन्न आकर्षक नृत्य प्रस्तुत गरिएको थियो भने उपस्थित अतिथिहरुले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष कृष्ण कुमार बस्नेत, वडा सदस्य विष्णु कुमार लिम्बु, निवर्तमान वडाध्यक्ष जयबहादुर तामाङ लगायतका गणमान्य व्यक्तिहरु , स्थानीय समाज सेवि बुद्धिजीवी लगाएत अन्य अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।
जितिया पर्वको महत्वलाई उजागर गर्ने यो कार्यक्रमले स्थानीय समुदायमा धार्मिक र सांस्कृतिक जागरुकता ल्याउने उद्देश्यका साथ आयोजना गरिएको थियो।


