बिराटनगर / अमेरिकामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा न्यूयोर्कमा आयोजना गर्न लागिएको स्वागत तथा भेटघाट कार्यक्रम रद्द भएपछि नेपाल त्यस सम्बन्धी चर्चा सुरु भएको छ । 
सरकार, सत्तारुढ दल, विपक्षी दलहरु र बुद्धिजिविहरुकाबीचमा प्रधानमन्त्रीको निर्धारित कार्यक्रम  रद्द भएकोमा गम्भीर चर्चा सुरु भएको हो । सत्तारुढ दलसहित विपक्षी दल र बुद्धिजिविहरुले यो विषयमा आ–आफनो प्रतिक्रिया दिन थालेकाछन । 
नेपाल खेलकुद महासंघ अध्यक्ष पर्शुराम बस्नेतले देशका प्रधानमन्त्री विदेशी भूमिमा हुँदा विदेशी परिचय पत्रधारी र गैर कानुनी रुपमा विदेश बसेका नेपालीभाषीले देखाइएको व्यवहारप्रति निन्दा व्यक्त गर्नुभएको छ । बिदेसमा बसेर  खोक्रो राष्ट्रवाद देखाउदै नेपालको बेइज्जत गर्ने व्यवहारको जति निन्दा गरेपनि कम हुने बताउनुभएको छ । 
नेता बस्नेतले यति सानो कुरा व्यवस्थापन गर्न नसक्ने नेपाली दुतावासको व्यवस्थापन प्रति प्रश्न पनि उठाउनुभएको छ  । 
त्यस्तै राप्रपा नेता शोभित उप्रेतीले भने देशका प्रधानमन्त्री विदेशी भूमिमाहुँदा विदेशी परिचय पत्रधारी  नेपालीभाषीलाई भनेका छन्  "यो देशको राजनीति हामी देशमा वसेकाहरुले गर्छौ र समर्थन र विरोध पनि यहि गर्छौ । गैर नागरिक र अराजक हुललाई हाम्रो आन्तरिक मामलामा हस्ताक्षप नगर्न अनुरोध छ । जहाँ जानू भएको छ त्यही नै ईमानदार साथ काम गर्दा नै तपाईहरुको इज्जत र सम्मान वढ्छ । वैरिको आक्रमणप्रती हामी नेपाली एक भएर सामना गर्ने हाम्रो परम्परा रहिआएको स्मरण गराउन चाहन्छु । ’ 
नेपाली महावाणिज्यदूतावास,न्यूयोर्कले समारोहस्थलमा सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको नेपालीहरुसँगको भेटघाट कार्यक्रम स्थगन गरिएको जानकारी दिएको थियो ।