इटहरी । थारु महिलाहरुको महान चाड जीतीयाको अवसरमा झुम्काको जीत महान चोकमा जीतीया विषेस सास्कृतीक कार्यत्रम सम्पन्न भएको छ ।

रामधुनी नगरपालीकाको नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा विभीन्न वडा बाट जातीय भेषभुसामा सजिएर आएका थारु महिलाहरुले थारु भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए,प्रत्येक नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई उपहार सहीत सम्मान गरीएको थियो भने उत्कृष्ट नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई नगद सहीत सम्मान गरीएको थीयो ।

थारु कल्याणकारी सभा,थारु महिला सभा,थारु महिला उत्थान समाज,राष्ट्रिय कलाकार मञ्च र ग्रामथान संरक्षण समीती रामधुनीको संयुक्त आयोजनामा भएको जीतीया विषेस सासकृतिक कार्यक्रममा विभिन्न प्रकार स्टलहरु  राखिएको थियो ।

थारूजातिलाई रामधुनी नगरपालिका संरक्षण गर्ने कार्यक्रमका प्रमुख अतिथि रामधुनी नगरपालीकाको नगरप्रमुख शंकरलाल चौधरीले बताउनुभयो ।

थारू समुदायको संस्कार संस्कृतिलाई संरक्षण गर्ने कार्यक्रम आयोजना गरिएको थारु कल्याणकारिणी सभा (था.क.स.) रामधुनी नगर समितिका सभापति राजकुमार चौधरीले जानकारी दिनु भयो ।

कार्यक्रममा ग्राम ग्रामथान संरक्षण समीती नगर कार्य समीती रामधुनीको अध्यक्ष सीता चौधरी,पुर्व सभासद नबोदिता चौधरी,रामधुनी नगरपालीकाको उपप्रमुख तारा थापा,सगेन चौधरी,पुनीतलाल चौधरी,सुदिप अधीकारी लगातले जीतीयाको पर्वको विषयमा जानकारी गराउदै जीतीया पर्वको सुभकामना दिएका थिए ।

आयोजकमा थारु महिला सभा रामधुनी नगर समिति, थारु महिला उत्थान समाज सुनसरी, ग्रामथान संरक्षण समिति रामधुनी, राष्ट्रिय थारु कलाकार मञ्च सुनसरी रहने निर्णय भएको छ भने था.क.स.जिल्ला सुनसरीको समन्वय र सहकार्य रहेको थियो । कार्यक्रमलाई रचनात्मक बनाउन मुलआयोजक था.क.स. रामधुनी नगर समिति हो । 

धार्मिक मान्यताका विविध मौलिक पक्षको प्रवद्र्धन, थारु परम्परा र साँस्कृति पहिचानका कला वस्तुहरुको स्टल तथा प्रदर्शनी, बृहत झाँकी प्रदर्शन तथा झुम्का बजार परिक्रमा, जितमहान भगवानको मुर्ती प्राण प्रतिष्ठा, जितिया मेला शुुभारम्भ, सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट थारु छात्रछात्रालाई सम्मान, थारु महिला हस्तकला धमा, मना, ढकिया प्रर्वद्धन, पुस्ता हस्तान्तरण धुम्रानाचको प्रदर्शन, महिला नेतृत्व र उद्यमीका लागि प्रोत्साहन लगायत विभिन्न वडाबाट आएका झाँकीहरुको कला उठान र प्रस्तुतीकरण रहेको थियो ।