सुनसरी / थारू महिला सभा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा जितिया विशेष मौलिक प्रवद्धन  आ सांस्कृतिक कार्यक्रम गरिएको छ ।

थारू महिला सभा जिल्ला कार्यसमिति सुनसरीकी अध्यक्ष सुशीला चौधरी ( लेखी) को अध्यक्षता तथा संघिय सभा सदस्य तथा प्रतिनिधि सभासंद कल्पना गच्छदारको प्रमुख आथित्यतामा जितिया विशेष मौलिक प्रवद्धन  आ सांस्कृतिक कार्यक्रम गरिएको हो ।

असोज ९ गतेको जितिया पर्वको अवसर पारी  इटहरी उपमहानगरपालपका वडा नम्बर ५ ,१६, १७, र २० का थारू समुदाय लगायतले मौलिक प्रवद्धनका सांस्कृतिक नृत्य  तथा गायन प्रस्तुत गरेका थिए ।

मौलिक प्रवद्धनलाई सांस्कृतिक नृत्य सहित लाई परम्परागतलाई जगेर्ना गर्न कार्यक्रम आएको गरिएकाले थारू समुदायलाई निकै महत्त्वपूर्ण सहयोग पुग्ने संघिय सभा सदस्य तथा प्रतिनिधि सभासंद कल्पना गच्छदारले बताउनुभयो ।

महिलाको महान चार्ड तिज जस्तै जितिया पर्वको महत्त्वपूर्ण रहेकाले मनाउदै आएको थारू महिला सभा जिल्ला कार्यसमिति सुनसरीकी अध्यक्ष सुशीला चौधरी ( लेखी)ले बताउनुभयो ।

जितिया शब्दको शाब्दिक अर्थ बिजय हासिल गर्नु हो । पौराणिक कालदेखि नै मनाउदै आएको यो पर्व पुर्बि तराईका आदिवासी धर्तिपुत्र थारु जातिको महत्वपुर्ण एैतिहासिक पर्व हो । प्राय तराईवासी बिबाहिता नारीले आफना पति तथा सन्तानको लामो आयुको कामना गर्दै निष्ठापुर्वक जितिया पर्व मनाउने गर्छन् ।

जितिया पर्वको दिन असोज ९ गते भव्य कार्यक्रम समेत गर्ने भएको छ ।  थारू समुदाय इटहरी नगरका पदाधिकारी , थारू महिला सभा जिल्ला कार्यसमिति सुनसरीका पदाधिकारी , विभिन्न संघ संस्थाका पदाधिकारी , जितिय समुदायका व्यक्तिहरूको बाक्लो सहभागीता रहेको थियो ।