दुहबी । सुनसरीकाे दुहबी नगरपालिकामा दशौं संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा बजारमा प्रभात फेरि सहित नगर प्रमुख बाट नेपाल को झन्डातोलन लगायत विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा दुहबी नगरका सरोकारवाला संघसस्था, राजनीतिक दल, शिक्षक विद्यार्थी , जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

नेपालमा जनताद्वारा निर्वाचित संविधान सभाबाट निर्माण भई संविधान जारी भएको दिन २०७२ असोज ३ गतेको सम्झना गर्दै प्रत्येक वर्ष असोज ३ गते मनाउँदै आएको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विहीबार यहाँ भव्य कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले संविधान संसोधन गर्नुपर्नेमा जोड दिदैं संविधानको महत्त्वको बारेमा चर्चा गर्नुभएकाे थियाे भने गर उपप्रमुख मेनुका पोखरेल खतिवडाले संविधानले समानुपातिक सहभागिता सुनिश्चि गरेकाले त्यसको पूर्ण कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अन्य वत्ताहरुले संविधानको आवश्यकता, कार्यान्वयन र अवसरको बारेमा चर्चा गरेका थिए ।



