सुनसरी / इटहरी खानेपानी उपभोक्ता संस्थाको २० औं परिषद बैठक अर्थात साधारण सभा भएको छ ।

एसियाली विकास बैंकको अनुदानमा योजना निर्माण भई इटहरीका स्थानीयलाई खानेपानीको सुविधा दिदै आएको इटहरी खानेपानी उपभोक्ता संस्थाको २० औं साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा १६ जना निवर्तमान सदस्यलाई कदपत्र सहित सम्मान र लेखा सहायक सुमित्रा साह रपम्पअपरेटर सहयोगी धनप्रसाद गिरीलाई नगद १५ हजार ५ सय ५५ (१५५५५) सहित कर्मचारी पुरस्कार गरिएको हो  । त्यसैगरी बरिष्ट पम्प अपरेटर इश्वरी प्रसाद अधिकारीलाई सम्मान सहित बिदाई गरिएको थियोे ।

इटहरी उप-महानगरपालिकामा २० वटा वडाहरुमध्ये संस्थाले पूर्ण र आंशिक गरी १४ वटा वडामा सेवा विस्तार र प्रवाह गरिरहेको संस्थाले बिहीबार साधारणसभा गरेको छ । 

महासचिवद्वारा प्रस्तुत संस्थाको प्रगति प्रतिवेदन माथि छलफल र पारित , कोषाध्यक्षद्वारा प्रस्तुत संस्थाको आर्थिक प्रतिवेदन माथि छलफल र पारित , लेखा समिति संयोजकद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन माथि छलफल र पारित ,आ.व.२०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन आ.व को नीति कार्यक्रम तथा बजेट माथि छलफल र पारित लगाए विषय बन्द सत्रमा छलफल गरिएको थियोे ।IMG_20240919_113204

आ.व. मा कुल रू. १,२६,६१,००२।३५ बराबरको स्थिर सम्पत्ति तथा रू.९४, २४,९७०/३२ बराबरका धारा जडान तथा मर्मतसम्भार सामग्रीहरू नियमानुसार खरिद गरिएको महासचिव शालिकराम ढकालले जानकारी दिनुभयो ।

खानेपानीमा सल्लाह सुझाव र साथ सहयोग गर्ने निवर्तमान अध्यक्ष इटहरी खानेपानी उपभोक्ता संस्थाका निवर्तमान अध्यक्ष रामप्रसाद चौलागाईले जानकारी दिए ।

निवर्तमान अध्यक्षको सुझाव सल्लाह पाइरहन पाउन  इटहरी खानेपानी उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष प्रेम बस्नेतले आग्रह गर्नु भयो ।  जनताको माग अनुसार खानेपानी बरपुर्ण तरिकाले  वितरण गर्ने उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०८१/०८२ को रू १८,७३,८०,०००।०० अनुमानि आय विवरण र व्याय विवरण रहेको छ ।

सो कार्यक्रमका इटहरी खानेपानी उपभोक्ता संस्थाका निवर्तमान  सदस्य , वर्तमान सदस्य विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

IMG_20240919_113151