सुनसरी / युथ फोर्स कोशी प्रदेश र युथ फोर्स सुनसरीको सयुक्त तरहराको चारकोसे झाडीमा वृहत वृक्षारोपाण गरेको छ ।
युथ फोर्स कोशी प्रदेशका अध्यक्ष राजन बानियाको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेश सभा सदस्य तथा कोशी प्रदेशका प्रमुख सचेतक रेवती रमण भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।
जंगली हात्तीदे इटहरी वडा नम्बर २,३ ,१९ र २० मा स्थानीयलाई निकै कष्ट दिइने भएका राई हात्तीलाई जंगलमै रोकी जंगलमा बासस्थान बनाउन संविधान दिवसको अवसर पारी युथ फोर्स कोशी प्रदेश र युथ फोर्स सुनसरीको संयुक्त प्रयासमा "हात्तिको साहाराः अव जंगलमै 'आहारा" भन्ने मुल नाराका साथ तरहराको चारकोसे झाडीमा पाँच सय बढी विभिन्न प्रजातिका बोट बिरुवा वृहत वृक्षारोपण गरेको छ ।
जंगल भित्र जंगली जनवार हरूलाई संरक्षण गरि आहारा जुटाइ वृक्षारोपाणले महत्त्वपूर्ण सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेश सभा सदस्य तथा कोशी प्रदेशका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताउनुभयो ।
हात्तीले खाने बोट बिरुवा नासिएर काटिएकाले हात्तीलाई जंगलमा नै रोक्न वृक्षारोपण गरिएको युथ फोर्स कोशी प्रदेशका अध्यक्ष राजन बानियाले बताउनुभयो ।
हात्तीलाई जंगलमा व्यवस्थापन गर्न वन समिति सँग सहकार्ष गरि वृक्षारोपाण गरिएको हो र बिरुवा वन समितिले संरक्षण गर्न जिम्मेवारी दिएको युथ फोर्स सुनसरीका अध्यक्ष सविन श्रेष्ठले जानकारी दिनु भयो ।
राष्ट्रिय युवा संघ नेपालले सुरु गरेको ‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश भरी नै सुरु भएको हो ।
युथ फोर्स कोशी प्रदेश र युथ फोर्स सुनसरीका सदस्य तथा पदाधिकारीहरूको बाक्लो सहभागीता मा पाँच सय बढी बिरुवा वृक्षारोपाण गरिएको हो ।


