इटहरी  । धनकुटा नगरपालिका ९ मा रुखको हाँगा भाँचिएर लाग्दा बुधबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय कमल भण्डारी रहेको प्रहरीले जनाएको छ । खानेपानीको पाइप जोड्ने क्रममा अचानक रुखको हाँगा भाँचिएर टाउकोमा लाग्दा भण्डारीको घटनास्थलमै उनको मृत्यु प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।