इटहरी / सशस्त्र प्रहरी बलमा लामो समय बिताउनु भएका भलिबल खेलाडी तथा राष्ट्रिय रेफ्री हेमराज बुढाथोकीकी श्रीमती, हिमादेवी बस्नेत बुढाथोकी, विगत पाँच वर्षदेखि दुबै मिर्गौला फेल भएको समस्यासँग संघर्ष गरिरहनुभएको छ। लामो समयदेखि उपचार हुँदै आए पनि अहिले उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। हाल उहाँको ललितपुरस्थित BNB अस्पतालमा उपचार भइरहेको छ र उहाँको अवस्था झनै नाजुक बनेको छ।

परिवारको आर्थिक अवस्था कमजोर भएको कारणले थप उपचारमा समस्या उत्पन्न भएको छ। यसै कारण, हेमराज बुढाथोकीको परिवारले उहाँको उपचारका लागि सबैसँग सहयोगको अपील गरेका छन्। मिर्गौला फेलको उपचार अत्यन्त महँगो हुने भएकाले उहाँको जीवन बचाउन सक्दो सहयोग आवश्यक छ।

जो कोहीले सक्दो आर्थिक सहयोग गर्न चाहेमा, निम्न बैंक खाता नम्बरहरूमार्फत सहयोग प्रदान गर्न सकिन्छ:  9842674121IMG-20240915-WA0032

सकेजति सहयोगले उहाँको परिवारलाई ठूलो राहत हुने भएकाले यो अपीललाई सकेसम्म धेरैजनासम्म पुर्‍याउन अनुरोध गरिएको छ।