भोजपुर / भोजपुरको पूर्वी अरुण गाउँपालिकामा ६०औं राष्ट्रिय बाल दिवस भव्य रूपमा मनाइएको छ। "बालबालिकामा लगानी सुनिश्चित, भबिष्यको थालनी" भन्ने नाराका साथ श्री शारदा माध्यमिक विद्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको मुख्य आयोजक अरुण गाउँपालिका रहेको थियो, जसमा गाउँपालिकाका अध्यक्ष शालिग्राम खत्रीले बालबालिकाको सर्वांगीण विकासका लागि शिक्षा, स्वास्थ्य, पोषण, र सुरक्षामा लगानीको आवश्यकता रहेको बताउनुभयो। उहाँले गाउँपालिकाले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो।

बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, र स्थानीय प्रतिनिधिहरूको व्यापक सहभागिता रह्यो। बालबालिकाको प्रतिभा उजागर गर्न विद्यालय परिसरमा खेलकुद, साँस्कृतिक कार्यक्रम, र ज्ञानवर्द्धक प्रतियोगिताहरू आयोजना गरियो। सहभागी बालबालिकाहरूलाई पुरस्कृत गरिनुका साथै, कार्यक्रमले उनीहरूको सृजनशीलता र क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताए।

यस अवसरमा अरुण गाउँपालिकाका सातै वडामा पनि विशेष कार्यक्रमहरू आयोजना गरिए। ती कार्यक्रममा बालबालिकाको अधिकार, शिक्षा, र उज्ज्वल भविष्यका विषयमा जनचेतना फैलाउने गतिविधिहरू सञ्चालन गरिए।