इटहरी / इटहरी चोकबाट पूर्वतर्फको लाइनमा रहेको फर्निचर हब इटहरीमा ग्राहकहरूले अब १० हजार रुपैयाँबाट सुरु हुने सोफा सेटहरू किन्न सक्ने भएका छन्। गोरखा जिल्लाबाट इटहरीमा आएर व्यवसाय थाल्नुभएका युवा उद्यमी लिला रोगाले १० वर्षको कठिन संघर्षपछि यो फर्निचर हब सञ्चालनमा ल्याएका हुन्।
रोगाले इटहरीमा आफ्नो व्यवसायिक यात्रा प्रारम्भ गर्दै ग्राहकहरूको मागअनुसार २० हजार रुपैयाँदेखि माथिका विभिन्न फर्निचर सामग्रीहरू जस्तै सोफा सेट, टेबल, त्रिपिस दराज आदिको बिक्री सुरु गरेका छन्। आफ्नो जीवनको निकै चुनौतीपूर्ण समयपछि उनले यो सफलता हासिल गरेका हुन्।
नेपालमै केही गर्नुपर्छ भनेर युवा व्यवसायी सँग मिलेर फर्निचर सञ्चालनमा ल्याएको फर्निचर सञ्चालक लिला रोकाले बताउनुभयो । यहीँ व्यवसायीबाट आश पलाएर जीवन सहज भएको उहाँको भनाइ छ । व्यवसाय सञ्चालन गरेर एउटा उदाहरण देखाएको बताउनुभयो ।
उनले फर्निचर हब इटहरीमा बक्स पलंग, त्रिपिस दराज, सोफा सेट, टेबल लगायतका सामग्रीहरू ग्राहकहरूलाई सुपथ मूल्यमा उपलब्ध गराइरहेका छन्। साथै, अर्डर अनुसार विशेष डिजाइनका फर्निचर सामग्रीहरू पनि यहाँबाट किन्न सकिने सुविधा छ। झापा , मोरङ , इटहरी,इनरुवा ,धरान सम्म अर्डन अनुसारका सामग्री बिक्रीवितरण गर्दै आएको छ ।
इटहरीमा नयाँ फर्निचर किन्ने चाहना राख्ने ग्राहकहरूका लागि यो हब एक प्रमुख गन्तव्य बन्ने विश्वास गरिएको छ। फर्निचर हब इटहरीले अब इटहरीबासीको मागअनुसार उच्च गुणस्तरका फर्निचर सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै स्थानीय बजारमा नयाँ आयाम थपेको छ।


