इटहरी / पत्रकार तारामणि सापकोटाको अनुसन्धानमूलक पुस्तक "आमसञ्चार र समावेशी पत्रकारीता" को विमोचन र विमर्श कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। बागियान साहित्यिक पत्रिका इटहरी, सुनसरीद्वारा आयोजित कार्यक्रमले साहित्यिक, पत्रकारिताजन्य, र समावेशी विषयवस्तुमा आधारित बहसलाई एक नयाँ उचाइमा पुर्‍याएको छ ।

कार्यक्रममा पुस्तकका प्रमुख टिप्पणीकारको रूपमा  नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोही , प्रख्यात साहित्यकार र सोभा भण्डारी अमर खड्का , राजन केडी , भवानी बराल लगाएतले विश्लेषक गरेका थिए टिप्पणीकारहरूले पुस्तकमा उठाइएका विषयवस्तु, तर्क, र तथ्यांकको विस्तृत विश्लेषण गर्दै समावेशी पत्रकारिताको महत्त्वमा जोड दिए।

राजेश विद्रोहीले आफ्नो टिप्पणीमा भने यो पुस्तकले हाम्रो समाजमा पत्रकारीताको मूलभूत सिद्धान्त र समावेशीता कसरी घनिष्ठ रूपमा जकडिएको छ भन्ने विषयलाई स्पष्ट रूपमा उजागर गरेको छ। 

साहित्यकार सोभा बजगाईले पुस्तकको गहिरो विश्लेषण गर्दै यसमा उठाइएका आमसञ्चारका चुनौती र समावेशीताको मुद्दालाई विशेष महत्त्व दिएका थिए। उनले भनिन्, “तारामणि सापकोटाको यो प्रयासले समाजमा दबिएका, हेपिएका, र उपेक्षित वर्गका आवाजलाई मुख्यधारमा ल्याउने महत्वपूर्ण कार्य गरेको छ। समावेशी पत्रकारीताको यस्ता पुस्तकले हामीलाई हाम्रो समाजलाई कसरी अझ समावेशी बनाउने भन्ने बताउनुभयो ।

यसका साथै, राज केडी लगायतका अन्य साहित्यकार तथा पत्रकारहरूले पनि पुस्तकको विभिन्न पक्षहरूमा आफ्ना विचार राखेका थिए। प्रदेश योजना आयोगका सदस्य भवानी बराल र पत्रकार अमर खड्काले पनि आफ्नो मन्तव्यमा पुस्तकको विशेषताहरू र यसले पत्रकारितामा पार्ने प्रभावको बारेमा चर्चा गरेका थिए। 

अमर खड्काले संविधान, संघीयता, लोकतन्त्र, र समावेशीताको विषयमा पुस्तकले उठाएका मुद्दाहरूको महत्त्वलाई जोड दिँदै भने, “नेपालको वर्तमान राजनीतिक परिवेशमा, विशेष गरी आदिवासी जनजाति, महिला, र दलित वर्गका मुद्दालाई उठान गर्न यो पुस्तक एक महत्वपूर्ण दस्तावेज बन्न सक्छ। यसले हामीलाई संविधान र संघीय संरचनाभित्रको समावेशी अवधारणालाई पुनः सोच्न बाध्य बनाउँछ।”

यो पुस्तकले पत्रकारिताको क्षेत्रमा नयाँ बहसको सुरुआत गर्दै, आमसञ्चारका विभिन्न पक्षलाई समेट्दै, समावेशीता र विविधता जस्ता गम्भीर मुद्दाहरूलाई मुख्यधारमा ल्याउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। उपस्थित सबैले तारामणि सापकोटाको यस अद्वितीय कृति र उनको समर्पणको प्रशंसा गरेका थिए। कार्यक्रमले पत्रकारिता र साहित्य क्षेत्रमा नयाँ सोच र दृष्टिकोणको विकास गर्न प्रेरित गरेको छ। कार्यक्रममा साहित्यकार ,पत्रकारहरूको उपस्थिति रहेको थियोे ।