कामधेनु दुग्ध विकास सहकारी संस्था लि.का सञ्चालक सदस्य बाबुराम कार्कीको कथा यस्तो छ । कामधेनु दुग्ध विकास सहकारी संस्थामा आबद्ध भएर दुध बेचिरहँदा हाम्रो जीविकोपार्जनमा ठुलो टेवा पुगेको छ । ६४ सालदेखि यो संस्थामा दुध दिन सुरू गरेका थियौं। त्योभन्दा अगाडि व्यवस्थित रूपमा दुध बिक्री गर्न सकिरहेका थिएनौं । पहिले परम्परागत बिक्री वितरण गर्दै आए पनि अहिले व्यावसायिक रूपमा बिक्री गरेर आफ्नो जीवनस्तर उकास्न सकेका छौं ।

सबैले दुध उत्पादनबाट आफ्नो घर व्यवहार चलाउने बालबच्चा पढाउनेदेखि लिएर केही रकम बचत गर्नसमेत सक्ने अवस्थामा पुगेको छ । अहिले यो संस्थाले किसानहरूलाई सहयोग गर्दै आएको छ। पशुहरूमा लगानी गरेको छ । किसानहरूलाई सहुलियत ऋण दिएको छ। मिल्क होलिडे गरेको छैन। नियमित रूपमा पैसा मुक्तानि गरिरहेको छ । हामीलाई होस्टेमा हैंसे मिलेको छ । यहाँ गाउँघरका छिमेकी किसानहरू कामधेनुबाट सन्तुष्ट भएको महसुस गरेको छु । कृषि तथा दुध उत्पादनमा देखिएका समस्यालाई समाधान गर्न हरेक सङ्घसंस्थामा आबद्ध भएर कृषकहरू एकजुट भएर लागिरहेका छौं। आर्थिक मन्दीका कारण हरेक क्षेत्रमा समस्या आउँदा पनि संस्थामा आबद्ध रहेका किसानहरू, दुध बिक्री गर्ने व्यवसायीहरूलाई दुग्ध विकास सहकारी संस्थाले राहत दिएको छ ।

मेरो घर छथर जोरपाटीको सल्ले भन्ने ठाउँमा हो । यो राजमार्गबाट दुई घण्टा पैदल ओरालो झरेपछि पुगिन्छ। यहाँ बाटो त छ, तर ढुङ्‌गाले छापेको छ । केही भागमा वर्षामा हिलो हुन्छ। सवारी साधन चल्दैनन् र आउन पनि मान्दैनन् । हिँड्दै ओहोरदोहोर गर्नुपर्छ । यातायातका नियमित साधन नहुँदा दुधको ढुवानी खर्च महँगो छ। त्यो खर्च केही कामधेनुले बेहोर्दिने गरेको छ भने बाँकी किसानकै पैसाबाट कटौती हुने गरेकोले स्थानीय किसानहरूलाई केही मार्का परेको छ। यो बाटो राम्रो बनिदिए, अनि गाडी गुडिदिए हाम्रो खर्च बचत हुने थियो ।

म आफै पनि सञ्चालक समिति सदस्य पदमा निर्वाचित भएर अहिले यो क्षेत्रका किसानको प्रतिनिधित्व गरिरहेको छु । त्यसैले मैले मजस्तै दुर्गम क्षेत्रका किसानहरूलाई परेका समस्याहरूको सुनुवाइका लागि निरन्तर पहल गरिरहेको छु ।