इटहरी / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जनता बहुमुखी क्याम्पसको १३ औं इकाई सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलन नारायण थापाको अध्यक्षतामा  सम्पन्न भएको हो ।

सम्मेलनमा प्रमुख अतिथिका रूपमा संगठनका केन्द्रिय उपाध्यक्ष क. मदन भट्टराईको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा अखिल क्रान्तिकारी प्रदेश नम्बर १ का अध्यक्ष  हेमन्त राइ, सुनसरी जिल्ला इन्चार्ज तथा यस सम्मेलनको निर्वाचन मंडलीका अध्यक्ष बुद्रोज लिम्बु, सुनसरी जिल्ला अध्यक्ष नवीन दाहाल, उपाध्यक्ष यमकुमार पाण्डे, र सचिब रबिन श्रेष्ठ उपस्थित थिए। 

यसका साथै, नेकपा माओवादी केन्द्र इटहरी नगर कमिटीका उपाध्यक्ष कबिन्द्र केसी, अखिल (क्रान्तिकारी) जनता क्याम्पसका पूर्व अध्यक्ष  अर्जुन पौडेल, तथा पार्टी र संगठनका अन्य नेताहरूको पनि उल्लेखनीय उपस्थिति थियो।

सम्मेलन अखिल (क्रान्तिकारी) को विधि, बिधान, र मर्यादा भित्र रहेर सफलतापूर्वक सम्पन्न भएको हो। यस अवसरमा क्याम्पस कमिटीले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको हक, अधिकार, र मुद्दाहरूलाई निरन्तरता दिँदै, तपाईंहरूको साथ र सहयोगका साथ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।1724743601936