मोरङ / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ पचाम बुधबार बिहान  टिपरले कारलाई ठक्कर दिएको छ । घिनाघाट सडक खण्ड अन्र्तगत बिराटनगर बाट बिराटचौक तर्फ जादैँ गरेको प्रदेश १-०१-००२ प ७८४ नम्बरको कारलाई सोही दिशा तर्फ जादैँ गरेको मधेश प्रदेश-०३-००१ ख ८५४७ नम्बरको टिपरले पछाडी बाट ठक्कर दिदाँ कारको बायाँ भागमा क्षति भएको हरैंचा ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति नभएको र टिर चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अत्याधिक रुपमा टिपरका कारण दुर्घटना हुने गरेको छ ।