संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाले हिलेजात्राको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।
जिल्लाको सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाले मंगलबार सूचना जारी गर्दै आज बुधबार नेवार समुदायको महत्वपूर्ण चाडपर्व हिले/रोपाई जात्राको अवसरमा मौलिक अमूर्त पर्वहरुको संरक्षण गर्न सार्वजनिक विदा दिएको हो।
विगतका बर्षहरु झै यसबर्ष पनि हिले/रोपाई जात्राका अवसरमा बुधबार १ दिन विदा दिएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जनाएका छन् ।
खाँदबारी नगरपालिकाको नगर कार्यपालिकाको बैठकले खाँदबारी नगरपालिका मातहतका कार्यालय, सम्पूर्ण विद्यालय तथा संघसस्थाहरुलाई सार्वजनिक विदा दिने निर्णय गरेको सूचना मार्फत जनाएको छ ।


