इटहरी / रोट्याक क्लब अफ इटहरीको १७ पदस्थापना , रोट्याक क्लब अफ सुन्दरहरैंचाको चौथो पदस्थापना , रोट्याक क्लब अफ सुनसरीको तेस्रो पदस्थापना कार्यक्रम संयुक्त गरिएको छ ।
इटहरीमा कार्यक्रममा आयोजना गरि रोट्याक क्लब अफ इटहरीका अध्यक्ष मिसन पराजुली,
रोट्याक क्लब अफसुन्दरहरैंचाका अध्यक्ष सुजन पोख्रेल ,रोट्याक क्लब अफ सुनसरीका अध्यक्ष आयुस्मा अधिकारीको अध्यक्षता तथा मितेरी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा रोटरी क्लब ओफ धरान घोपा का पूर्व अध्यक्ष्य रोटरियन तुलसी प्रसाद वोस्तीको प्रमुख आतिथ्यतामा संयुक्त पदस्थापना कार्यक्रम गरिएको छ ।
निवर्तमान अध्यक्षहरू र नव निर्वाचित अध्यक्षहरूको कार्यकालको गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रममा सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियोे ।
रोट्याक क्लब अफ २०२४/२५ सुन्दरहरैंचाका अध्यक्ष विशाल घिमिरे ,रोट्याक क्लब अफ २०२४/२५ सुनसरीकि अध्यक्ष युरिका घिमिरे , रोट्याक क्लब अफ २०२४/२५ इटहरीका अध्यक्ष देवराज काफ्ले सर्वसम्मतले चयन भएका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि रोटरी क्लब ओफ इटहरीको रोटरी वर्ष २०२४-२५ का अध्यक्ष कृष्णराज श्रेष्ठले नवनिर्वाचित अध्यक्षहरूलाई सफथ ग्रहण गराएका थिए ।
त्यसैगरी ररोट्याक क्लब अफ इटहरी , सुन्दरहरैंचा र सुनसरीका सदस्यहरूलाई रोट्याक क्लबका प्रतिनिधि दिपेन्द्र निरौलाले सफथ ग्रहण गराएका थिए ।।
क्लबले युवाहरूलाइ नेतृत्व विकास साथै सामाजिक कार्य गर्दै आएको रोट्याक क्लब अफ २०२४/२५ सुनसरीका अध्यक्ष देवराज काफ्ले बताउनुभयो । आगामी कार्यकाल सफलताका साथ अगाडि बढाउने नव निर्वाचित अध्यक्षहरूले बताएका छन् ।
सो कार्यक्रममा प्रेसिडेन्ट देव राज काफ्ले को स्पाउस एबम फस्ट लेडि विद्या पाण्डे,रोट्रयाक्ट क्लब अफ सुन्दरहरैचा को रोटरी वन-२५ का अध्यक्ष रोट्याक्टर विशाल घिमिरे ,रोट्याक्ट क्लब अफ सुनसरी को रोटरी वर्ष २०२४-२५ का अध्यक्ष रोट्याक्टर परिका घिमिरे रोट्याकका क्लबका प्रतिनिधि सामाजिक व्यक्तित्व , बुद्धिजीवी ,विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियोे ।
मितेरी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा रोटरी क्लब ओफ धरान घोपाका पूर्व अध्यक्ष्य रोटरियन तुलसी प्रसाद वोस्तीले क्लबले सामाजिक काम गर्दै आएको साथै क्लबका नवनिर्वाचित अध्यक्ष र सदस्यलाई आगामी कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।


