विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार हुन भदाै लाग्न सक्ने बताउनुभएको छ।

विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आइतबार संसदीय पत्रकार मंच कोसीका पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकार बिस्तारमाअझै केहि दिन पर्खनु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले नयाँ समीकरण परिवर्तन भएसँगै माओवादीले सरकारबाट बाहिरिएर सहयाेग गरेकाे बताउदै काँग्रेसले निर्णय गरेसँगै सरकारले पूर्णता पाउने जानकारी दिनुभयो। संविधानकाे धारा १६८ (५) अनुसार आफ्नो नेतृत्वमा बनेकाे सरकारकाे सय दिन पुग्न लागेकाे बताउँदै उहाले धेरै काम गरिएकाे बताउनुभयो । अहिलेको सरकारले आगामी साउन ३२ गते एक सय दिन पूरा गर्दैछ ।

IMG-20240813-WA0009

उहाँले आवश्यकताका आधारमा मन्त्रालयकाे संख्या बढ्न सक्ने उल्लेख गर्दै तर अहिले काग्रेस र एमालेबिच मन्त्रालय नबढाउने सहमति भएको जानकारी दिनुभयो । कामकाे चापकाे आधारमा केही मन्त्रालयहरू विभाजन हुन पनि सक्छ,´ उहाले भन्नुभयो तर अहिले त्यो संभावना छैन । अहिले काेशी प्रदेशमा ९ वटा मन्त्रालय छन् । यि मन्त्रालयमध्ये काङ्ग्रेसको भागमा ४ र एमालेकाे भागमा ५ मन्त्रालय रहनेगरी सहमति भईसकेकाे उहाले बताउनुभयो ।

उहाँले स्थानीय तहले पर्यटक गाडीलाई पालिकै पिच्छे कर लिने प्रचलन हटाउन पहल गर्ने बताउनुभयो । सरकारले काेशी प्रदेशकाे लगानी सम्मेलन आगामी पुसमा गर्ने तयारी गरिरहेकाे पनि उहाँले जानकारी दिनुभयो । यस्तै नेपालका लगानीकर्तालाई पनि प्रदेशमा आकर्षित गर्न पहल गर्ने उहाको भनाइ छ । यस्तै पर्यटन र कृषिकाे क्षेत्रमा पनि लगानी सम्मेलन केन्द्रीत हुने उहाँले बताउनुभयो । । आगामी ३ वर्ष भित्रमा प्रदेशकाे ओैचित्य पुष्टि गर्ने गरि काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । । यस्तै पर्यटन वर्षकाे तयारी र चिया सम्मेलनकाे तयारी पनि गरिरहेकाे उहाँले जानकारी दिनुभयो ।

 केन्द्रमाअहिलेकाे सरकार बनेपछि टिआरसी विधेयकमा सहमति हुनु ऐतिहासिक महत्त्व रहेकाे उहाँले दाबी गर्नुभयो