यज्ञ कार्की
संखुवासभा / कोशी प्रदेशको पुर्वी पर्यटकीय जिल्ला संखुवासभा, तेह्रथुम, ताप्लेजुङ हुन् यसै क्षेत्रमा टिएमजे पर्दछ । विगत ८ बर्ष अघि देखि प्रर्यटन सँगै स्थानियलाई सडक सँग जोड्ने गरि सडक निर्माणको काम थालिएको थियो ।
मदन भण्डारी राजमार्ग नामाकरण गरी बाटो निर्माणको काम संघीय सरकारको जिम्मामा अगाडी बढाइयो । केहि समय तिव्र गतिमा काम भयो । बाटोमा बस सम्म कुद्न थाल्यो भने, पर्यटकको चहलपहल राम्रै हुन थाले पछि बाटोको स्तरोन्ती सँगै डेर्न क्यास पिट ,गार्भेल ग्याभिङ र कटिङको काम संघीय सरकारको लगभग १६ करोड रुपैयाको बजेटबाट काम भएको हो ।
यसको ठेक्का २४ किलोमिटर सडक खण्डको जिम्मा बिनायक कन्स्ट्रक्सन र सगरमाथा कन्स्ट्रक्सनले लिएकोमा सडक खण्ड २२ किलोमिटर स्तरोन्तीको काम सम्पन्न भए पनि निर्माण भएका डे«र्न क्यास पिट भत्किन थालेको छ । बर्खा सँगै सडकमा खाल्डाखुल्डी जताततै देख्न सकिन्छ । सम्बधित निकायको चासो नदेखिदा डे«नमा कुद्ने पानी सडकको बिच भागमा जमेर ठूलाठूला खाल्डाखुल्डी हुदाँ यात्रीलाई समस्या हुने गरेको र अहिले सम्म बाटो नबन्दा स्थानिय अलमल्मा परेको स्थानिय उदय कुमार लो ले बताउनु भयो ।
यस सडक खण्डमा अहिले साना सवारी सिमित मान्छे मात्र बोक्ने बाध्यात्मक परिस्थीतीमा सञ्चालन भइरहेका छन्् । टुटेदेउराली हुदै तिन्जुरे, मंगलबारे गुफा ,साघु हुँदै ताप्लेजुङ सम्ममा यो सडक खण्ड फैलिएको छ । बर्खाको समयमा खाध्यान्न साथै कृषि जन्य सामाग्री बोक्ने गाडी कुद्न मुस्किल भएको भन्दै मादी नगरपालिकाका वडा नं. १,२,३ र ९ का स्थानियले समस्या झेल्न बाध्या भएको र बाटो निर्माणका लागी पहलको काम गर्दै आएको मादी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नारायण कुुमार कार्कीले बताउनुभयो । विशेषतः संघीय सांसदहरुले चासो नदिदाँ बाटो निर्माणका लागि खर्चिएको पैसा बालुवामा पानी खनाइए झै भएको छ ।


