काठमाडौं / नुवाकोटको शिवपुरीमा आज दिउँसो भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार चिनिया पर्यटक जुदाड टाङ, जी लि, जेमिङ सी, यियाद वु र हेलिकप्टर क्याप्टेन अरुण मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर  दुर्घटनामा परेको हो । हेलिकप्टरमा सवार नेपाली  क्याप्टेन  विदेशी ४ जना  पर्यटक  सहित ५ जनाको मृत्यु भएको   छ।