बराहक्षेत्र / सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कोशीपुलदेखि वराहक्षेत्र मन्दिरसम्मको सडक खण्ड अन्तर्गत धनसार खोला , सत्र नम्बर लगायतको क्षेत्रमा गत सोमवार रातिदेखि परेको पानिका कारण खसेको पहिरो हटाउने कार्य भएको छ ।
सडकमा खसेको पहिरोको कारण अवरुद्ब बनेको आवत जावत पनि खुलेको छ । सडकको पहिरो हटाउने कार्यमा सडक नगर प्रमुख रमेश कार्की आफै लागि परेका थिए । साथमा स्थानिय जनप्रतिनिधि कुमार भट्टराई, सडक बिभाग्का कर्मचारी , नगर प्रहरी सक्रिय भएर लागि परेको बराहक्षेत्र नगर प्रमुख सचिवालयको संचिवालयले जानकारी दिएको छ ।


