धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले गत आर्थिक वर्ष २०८०÷०८१ म ३ सय ७९ थान मुद्दा फछ«यौट गरेको छ । अदालतले सोमबार पत्रकार सँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर २०८० साउन देखि २०८१ असार सम्ममा ४ सय ५२ थान मुद्दा मध्ये ३ सय ७९ थान फछ«यौट गरेको जनाएको हो । अदालतमा जिम्मेवारी सरेको १ सय ३२ र नयाँ दर्ता ३ सय २० गरि ४ सय ५२ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ । अदालतमा एक वर्षमा ८३ दशमलव ८५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको अदालतका रजिष्टार राजकुमार दाहालले जानकारी दिनुभयो । उहाँले एक वर्षभन्दा पुराना मुद्दा संखुवासभा जिल्ला अदालत र उच्च अदालत विराटनगर धनकुटा इजलासमा नरहेको र दुई वर्ष कटेका मुद्दा उच्च अदालत विराटनगर धनकुटा इजलास मातहत कुनै अदालतमा नरहेको जानकारी दिनुभयो । यता उच्च अदालत विराटनगर इजलास मातहतका ४ जिल्ला अदालतले पनि गत आर्थिक वर्षमा उल्लेख्य रूपमा मुद्दा फछ«यौट गरेका छन् । जस अनुसार धनकुटा जिल्ला अदालतले ७६ दशमलव ४६, तेह्रथुम जिल्ला अदालतले ६८ दशमलव १६, भोजपुर जिल्ला अदालतले ७९ दशमलव ४४ र संखुवासभा जिल्ला अदालतले ७६ दशमलव ८१ प्रतिशत मुद्दा फछ«यौट गरेका छन् । धनकुटा जिल्ला अदालतले ६ सय ६७ मा ५ सय १०, तेह्रथुम जिल्ला अदालतले ४ सय २ मा २ सय ७४, भोजपुर जिल्ला अदालतले ५ सय ७४ मा ४ सय ५६ र संखुवासभा जिल्ला अदालतले ५ सय ३९ मा ४ सय १४ थान मुद्दा फछ«यौट गरेका छन् । यस्तै, धनकुटा जिल्ला अदालतमा १ सय ९९, तेह्रथुम जिल्ला अदालतमा ९९, भोजपुर जिल्ला अदालतमा २ सय २१ र संखुवासभा जिल्ला अदालतमा १ सय ३८ थान मुद्दा जिम्मेवारी सरेका छन्। नयाँ दर्तामा धनकुटा जिल्ला अदालतमा ४ सय ६८, तेह्रथुम जिल्ला अदालतमा ३ सय ३, भोजपुर जिल्ला अदालतमा ३ सय ५३ र संखुवासभा जिल्ला अदालतमा ४ सय १ थान मुद्दा रहेका थिए ।


