इटहरी / इटहरी उपमहानगरपालिकाका नगर प्रहरी र वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लिले जथाभावी फोहोर फालेको भनेर अनुगमन गरेको छ ।
गोप्य सुचनाका आधारमा बुद्ध साई डाईग्लोष्टिक सेन्टर प्रा.लिले टेङ्खा खोला अगाडि औषधी जन्य फोहोर जथाभावी फालेको भनेर इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले ५ हजार जरिवाना तिराएका छन् । यस अघि पनि प्रा.लिलाई फोहो नफाल्न अनुरोध गरेकाले जरिवाना तिराएको हो । औषधी जन्य सामग्री खुल्ला रूपमा फालिएकाले जरिवाना तिराइएको इटहरी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख जेबि राईले बताउनुभयो । फेरि पनि यस्तो काम गरेमा जरिवाना बढाउने उहाँको भनाइ छ ।
सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्न हुदैन भन्ने बोर्ड राख्दा समेत फोहोर फालेकाले कारबाही गरिएको वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लिका सञ्चालक केशब पौडेलले बताउनुभयो । औषधी जन्य सामग्री फालिएकाले यस अघि पनि नफाल्न अनुरोध गरिएकाले आगामी दिनमा फोहोर फालेमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्ने उहाँको भनाइ छ ।
इटहरी उपमहानगरपालिकाले व्यापार ,व्यवसाय , घर , पसलबाट निस्किने फोहोर जम्मा गरेर फोहोर उठाउने गाडिमा फोहोर दिन अनुरोध गरिएको छ । फोहोर जथाभावी नफाल्न नगरपालिकाले माइकिङ गर्दै आएको छ ।


