इटहरी / सुनसरीको इटहरीमा रहेका लायन्स क्लबहरुको सयुक्त पदस्थापन सम्पन्न भएको छ । 

शनिबार इटहरी पार्टी प्यालेशमा कार्यक्रममा आयोजना गरि लायन्स क्लब अफ इटहरी ग्रिन सिटी वर्ष २०२३/२४ अध्यक्ष हेमा तमु गुरुङ ,लायन्स क्लब अफ इटहरी पचरुखी वर्ष २०२३/२४ अध्यक्ष लायन गोपाल श्रेष्ठ ,कल्पना श्रेष्ठ, लायन्स क्लव अफ इटहरी कर्पोरेट वर्ष २०२३/२४ अध्यक्ष लायन उमा श्रेष्ठ ,सितल श्रेष्ठ र लीयो क्लव अफ इटहरी ग्रिन सिटी बर्ष २०२३/२४ अध्यक्ष प्रनिसा रिजालको अध्यक्षता तथा लायन्स District 325 सि का गभर्नर बिकास अधिकारीको प्रमुख अतिथिमा पदस्थापन  गरिएको हो ।

यहाँ रहेका लायन्स क्लब इटहरी ग्रिन सिटि,इटहरी पचरुखी,इटहरी कर्पोरेट तथा इटहरी पुर्वान्चल क्लबका २०२४/२५ का पदाधिकारीहरुको पदस्थापन गरिएको हो । यस्तै लियो ग्रिन सिटिका पदाधिकारीहरुको पनि पदस्थापन गरिएको छ ।

चार वटै क्लबका नयाँ कार्यसमितिका अध्यक्ष  र सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स District 325 सि का गभर्नर अधिकारीले  पदस्थापना गराएका थिए ।IMG_20240804_133648

कार्यक्रमको जानकारी दिने , कार्यक्रमलाई कसरी सफल बनाउने जस्ता विषयमा ध्यान हुनुपर्ने प्रमुख अतिथि लायन्स District 325 सि का गभर्नर बिकास अधिकारीले बताउनुभयो ।

क्लको नियम र कानुन अनुसार काम गर्ने वर्ष २०२४/२०२५ को लागि लायन्स क्लब अफ इटहरी ग्रिनसिटीका प्रेसिडेन्ट लायन नारायण सुवेदीले बताउनुभयो । क्लको काम कर्तव्यका लागि तप्पर भएर लाग्ने उहाँको भनाइ छ ।

चार वटा क्लबले सामाजिक कार्य गर्दै आउने बर्ष २०२४/२०२५ को लागि सायन्स क्लव अफ पुर्वान्चलका प्रेसिडेन्ट लायन शंकर ढकालले बताउनुभयो । सबै कामलाई ध्यान दिएर गर्ने  उहाँको भनाइ छ । नयाँ पदाधिकारीहरूले सामाजिक कार्य गर्दै आउने बताएका छन् ।

पदस्थापना कार्यक्रममा District First Lady भावना पोख्रेल,GET Multiple Coordinator / PMCC इन्दिरा खत्रि ,जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघ सुनसरी अध्यक्ष तेजबहादुर पुरि,क्लबका पदाधिकारी ,समाजसेवी बुद्धिजसविको उपस्थिति रहेको थियो । 

IMG_20240804_133658