इटहरी / इटहरी वडा नं. १ का ४५ वर्षे सन्तोष बजगाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक वर्षदेखि एनआइसियू कक्षमा उपचार गरि रहेका छन् । एक वर्ष पुग्दा समेत स्वस्थ्या अवस्थामा कुनै सुधार आउन सकेको छैन् ।  उनी अचेत अवस्थामा छन् ।

बजगाईको परिवार इटहरीको संगीत चोकमा सामान्य चियापसल गर्दै आएको थियो भने,सन्तोष सिटी सफारी चलाउने गर्थे ।अस्पताल प्रशासनले बिरामी निकालेर लगि दिए हुने सोचमा भएता पनि बिरामीका परिवारले उपचार गर्दाको औषधीको पैसा तिर्न नसक्दा घर ल्याउन पनि सकेका छैनन् । अनुभवी चिकित्सकहरुबाट उपचार पाइने र निजी भन्दा धेरै कम खर्चमा उपचार हुने आसले बजगाईंलाई २०८० साउन २७ गते अस्पताल भर्ना गरिएकोमा तीन दिनपछि एपेन्डिक्सको अप्रेसन गरिएको थियो ।

शुरुवातमा सामान्य अवस्थामै इटहरी मेडिकल हलमा चेकअप गर्न लादा त्यहाँबाट धरान वा विराटनगर लैजान अनुरोध गरिएकोमा धरान लगिएको थियो । विरामीको परिवार अन्यायमा परेको र बसमा चढेर आएको विरामी,जिउदो लास भएर अस्पतालमा लडीराख्दा यसको जिम्मेवारी कस्ले लिने हो यो प्रतिष्ठानको लापवाही भएको स्थानिय समाजसेवी रंजित राईले बताउनुभयो ।

अस्पतालले त्रृटी स्वीकार गरि एनआइसियूको बेड शुल्क नलिने र वीपी प्रतिष्ठान भित्रको ल्याबको रकम पनि फिर्ता गर्ने अस्पताल प्रशासनले मौखिक वचन दिएको तर, फार्मेसीबाट औषधी खरीद गरेको रकम तिर्न सक्ने अवस्था नहुँदा बिरामी अस्पतालबाट निकालेर ल्याउन नसकेको बिरामी सन्तोषकी श्रीमती अञ्जु बजगाईले बताइउनुभयो  ।

सामान्य आर्थिक अवस्थामा रहेको परिवार सन्तोषकि श्रीमती  चिया पसल गर्दै आएकी छिन् भने,इटहरी वडा नं. १ मा परिवारको संगोलमा एउटा सानो घर र घडेरी छ । तर, संगोलमा रहेकाले गर्दा घर जग्गाविक्री गरेर पैैसा तिर्ने अवस्था पनि नभएको र आफन्तसँग लिएको ऋणले समस्या हुन थालेको छ भने श्रीमानलाई घरमै ल्याउन पनि फार्मेसीको पैसा तिर्ने कुनै अवस्था नभएकोले झन समस्या भएको अञ्जुले बताउनुभयो । उहाँले अस्पतालले लापरबाही गरेकैले त्यस्तो भएको दावी गर्दै फार्मेसीमा औषधी खरीद गरेको पैसा अस्पतालले तिरी दिनुपर्ने माग गर्नुभएको छ । सामान्य उपचाार गराउन गएका विरामीलाइ अचेत अवस्थामा पुर्याउने अस्पताल र उपचारमा संलग्न डाक्टरमाथि सम्मबन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।