सुनसरी / अमेरिकाको टेक्ससको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा लुटेराहरूको समूहले गोली प्रहार गरी नेपाली युवक ३० वर्षीय दीपक ओलीको हत्या गरेका छन । रुकुम बाफीकोटका ओलीलाई तीन जना लुटेराको समूहले त्यहाँको समयअनुसार बिहान ५ बजे गोली हानेर हत्या गरेका हुन।
८० लाखभन्दा बढी रुपैयाँ खर्च गरेर तल्लोबाटो हुँदै १ बर्ष अघि अमेरिका पुगेका ३० वर्षीय दीपक वलीको बन्धुकधारी लुटेरा समूहको आ*क्रमणबाट निधन भएको छ ।


