इटहरी / विधुतका पोलमा आगो लाग्ने घट्ना दिन प्रती दिन बढ्दै गइ रहेको छ ।

सुनसरीको इटहरीमा सहरीकरणको विकास संसँगै  बिजुलिको पोलमा आगोलागी,भई विद्युत सट हुने जस्ता  घटना  बढी रहेको छ ।  आगोलागीका घट्नाले स्थानीयलाई समस्य ग्रस्त बनाएको छ । विद्युतको पोलमा गुजुल्टिएर, रिगाँटा लाग्ने गरि बेरिएका तथा तानिएका टेलिभिजन केबल, इन्टरनेट र दूरसञ्चारका तार नै र्दुघटनाको प्रमुख कारण हो । तराई क्षेत्रमा अहिले ३५ देखि ४०  डिग्री भन्दा माथी तापक्रम बढेको छ ।

बिजुली हुँदा, त पङ्खा, कुलर, ए.सी चलाएर बस्ने इटहरी बासीका घरमा छिन छिनमा विद्युत काटिदा, अत्याधिक गर्मी हुने र सुत्न सक्ने अवस्था पनि छैन । त्यस माथी बस्ती आसपासमा भएका विद्युतका पोल, ट्रान्समिटरमा आगो लाग्दा, खतरा हुने भए पनि यस विषयमा प्राधिकरण जिम्मेवार देखिएको छैन ।  स्थानीय सरकार जनताको साहारा हो तर स्थानीय सरकारले समेत यस विषयमा  चासो दिएको पाइँदैन । विद्युतमा  समस्या उत्पन्न भयो भनेर प्राधिकरणलाई जानकारी गराउँन बारम्बार फोन गर्दा समेत नउठेको स्थानिय एकराज घिमिरेले बताउनुभयो । 

विधुत प्रविधिकारणले आगो लागीका घट्ना नियलेको भए पनि काम गर्न नसकेको प्रष्ट छ । विद्युतका पोलमा आगो बल्ने र दुर्घटनाको जोखिम बढेको नेपाल विद्युत प्रविधिकारण इटहरी वितरण केन्द्रका प्रमुख राम दुलार साहले बताउनुभयो ।

आगो लाग्ने घट्नाले स्थानियलाई त्रसित बनाएको छ भने इटहरीको सुरक्षामा चुनौती उत्पन्न भएको छ । सो विषयमा स्थानिय सरकार र विद्युत प्रविधिकारण जिम्मेवार हुन् जरुरी छ ।