इटहरी / नेपाल भ्यालुयर्स एसोसिएसनको कोशी प्रदेश समितिको अध्यक्षमा सर्वसम्मतले पुन आमोदराज आचार्य चयन हुनुभएको छ ।
नेपाल भ्यालुयर्स एसोसिएशनका केन्द्रिय अध्यक्ष ऋषि कोइरालाको प्रमुख आतिथ्यता तथा नेपाल भ्यालुयर्स एसोसिएसनको कोशी प्रदेश समितिका अध्यक्ष आमोदराज आचार्यको अध्यक्षतामा दोस्रो अधिवेशन आयोजना गरी नयाँ कार्य समिति गठन गरिएको हो ।
जसमा अध्यक्ष आमोदराज आचार्य , प्रथम उपाध्यक्ष सचिन बराल, द्वितिय उपाध्यक्ष सुरेश कुमार श्रेष्ठ , सचिवमा सुमन तिम्सिना , सहसचिवमा भविन खड्का , कोषाध्यक्ष विमल प्रसाद शाक्य सर्वसम्मतले चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यमा किसन अधिकारी , माधव सुवेदी , विशाल कुमार झा ,उज्वल देव , दिपाङ्कर प्रसाद भगत र सल्लाहकारमा कृष्णहरी पोख्रेल , तुलाराम भण्डारी , इन्द्रकमल श्रेष्ठ , रोसन सुवेदी र कुमार तिम्सिना चयन हुनुभएको हो । आफ्नोे मर्यादा भित्र बसेर आफुले जानेकोे पेसा गर्दा अब्बल बनिने संस्थाका अध्यक्ष आमोदराज आचार्यले बताउनुभयो । पुन अध्यक्षमा चयन गरेकोमा संस्थाका टिममलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
संस्थालाई कोशी प्रदेशको मात्र नभएर देशकै राम्रो र अब्बल बनाउनु पर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाल भ्यालुयर्स एसोसिएशनका केन्द्रिय अध्यक्ष ऋषि कोइरालाले बताउनुभयो । संस्थाको हकहितका लागि सहयोग गर्ने उहाँ भनाइ छ । सो अधिवेशनमा नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेशका पदाधिकारीहरूको सहभागीता रहेको थियोे ।



