काठमाडौं / सरकारले प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्यसचिव लिला देवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिएको छ।
सोमवार केपी शर्मा ओली नेतृत्वको सरकारको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्यालयका सचिव, निमित्त मुख्य सचिव लिला देवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरे संगै गडतौला नेपाल सरकारको पहिलो महिला मुख्य सचिव हुनुभएको छ ।


