संखुवासभा / संखुवासभा  स्थित  मादी बहुमुखी क्याम्पसकको  स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को आयोजनामा उन्नत जातका एक हजार विरुवा वृक्षारोपण गरिएकोे छ । 

२११ औं  भानु जयन्तिको अवसर पारेर  स्ववियु कार्यवाहक सभापति मिहिन पौडेलको अध्यक्षता तथा  राष्ट्रिय अनुसन्धान आयोग मादी नगर प्रमुख मनिस बुढाथोकीको प्रमुख आतिथ्यमा १ हजार विरुवा रोपन कार्यको  सुरुवात गरिएको हो ।  स्ववियुले संखुवासभा जिल्ला भरिका क्याम्पस मध्ये पहिलो पटक वृक्षारोपण  आयोजना गरेको हो ।

यसरी बृहत वृक्षारोपण कार्यक्रमले बिद्यार्थीले पढाई सँग मात्र नभैइ वातावरण सँग पनि चिर पचित हुने, उन्नत जातका बिरुवाले  क्याम्पसलाई उत्पादन सँग जोड्ने तर्क जिल्ला वन डिभिजनका प्रमुख भिम बहादुर कालिकोटेले गर्नु भयो । वृक्षारोपणले क्याम्पसलाई हराबरा बनाउने तथा नगरलाई समेत यो कार्यले टेवा पुग्ने  राष्ट्रिय अनुसन्धान आयोगका मादी नगर प्रमुख मनिस बुढाथोकीले जानकारी दिनुभयो ।

फलफूलका विरुवामा कागती,अम्बा, सुन्तला ,ज्यामिर,भोगटे,फुल प्रजातिका विरुवा ,काठ दिने खालको रुख, डाले घास,भुई घास लगायतका १२ प्रकार भन्दा बढि प्रजातिका  विरुवा वृक्षारोपण गरिएको कार्यबाहक सभापति मिहिन पौडेलले जानकारी दिनु भयो । 

कार्यक्रममा संचालक समिति अध्यक्ष कृष्ण कुमार तोलाङ्गी,  क्याम्पस प्रमुख मन बहादुर कार्की, पुर्व स्ववियु सभापति यादव खड्का, टङ्क दाहाल ,संचालक समितीहरु, प्राध्यापकहरु विद्यार्थीहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो  ।