सुनसरी / सुनसरी जिल्लाका पालिकाहरू न्यायिक समितिका पदाधिकारी एंव कर्मचारीहरू बिच रामधुनीमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
सुनसरीको रामधुनी नगरपालिकाको आयोजनामा रामधुनि नगरपालिकाका न्यायिक समिति संयोजक तथा उप प्रमुख तारा थापा अध्यक्षता तथा रामधुनी नगरपालिका नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख अतिथिमा सुनसरी जिल्लाका पालिकाहरू न्यायिक समितिका पदाधिकारी एंव कर्मचारीहरू बिच रामधुनीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कानुनको विषयमा सुनसरी जिल्ला भरि रहेका पालिकाका उप्रमुख , न्यायिक कार्यसमितिका पदादिकारीलाई न्यायिक समिति बिच अन्तरक्रिया गरिएको थियोे ।
एक स्थानीय तहको न्यायिक समितिले गरेको काम र अभ्यासहरू अर्को स्थानीय तहको लागि सिकाई हुने तथा सुधार गर्नुपर्ने पक्षका बारेमा एकअर्कासँग सिकाई आदानप्रदान गर्न अभ्यास थालेको रामधुनि नगरपालिकाका न्यायिक समिति संयोजक तथा उप प्रमुख तारा थापाले बताउनुभयो ।
रामधुनी नगरपालिका न्यायिक समितिको प्रगति प्रदिवेदन न्यायिक समिति कर्मचारी एलिना श्रेष्ठले प्रस्तुत गर्नु भएको थियोे । रामधुनी नगरपालिकाका कानुनी सल्लाहकार प्रदिप काफ्ले न्यायिक समितिको नविन आयम घोषणा पत्र जारी गरेका थिए ।
रामधुनीलाई पर्यटन प्रवद्धन गर्न सुनसरीका १२ वटै गाउँपालिका नगरपालिका , उपमहानगरपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक , न्यायिक समितिका कर्मचारीहरू मेलमिलाप कर्ता , उजुरी प्रशासनका कर्मचारीहरू लगाएतले रामधुनी मन्दिर र प्रेमा ताल अर्थात पन्चायत सिमसार भ्रमण गरेका थिए ।
यस कार्यक्रमले नगरपालिकाका न्यायिक सम्बन्धि काममा महत्त्वपूर्ण सहयोग पुग्ने रामधुनी नगरपालिका नगर प्रमुख शंकरलाल चौधरीले बताउनुभयो ।
यस कार्यक्रमबाट समुदाय स्तरमा हुने साना तिना बिभेद र लैङ्गिक हिंसाका घटनाहरु न्यूनीकरण हुने र व्यवहारमा सकारात्मक परिवर्तन कसरी गर्ने भन्ने विषयमा जानकारी गराइएको थियोे । सुनसरीका पालिकाले पछिल्लो समय कानुनको विषयमा विभिन्न कार्यक्रम गरि स्थानीयलाई जानकारी दिदै आएको छ । 
धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम मेघा ,बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवार , दुहबी नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडा ,रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापा, इनरुवा नगरपालिकाका उपप्रमुख विनीता कुमारी मेहता,गडी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी चौधरी , भोक्राहा गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँव , बर्जु गाउँपालिकाका उपाध्यक्ष नितु कुमारी चौधरी , देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी भिगा यादव ,हरीनगरा गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगत , कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता देवि यादवको उपस्थित रहेको थियोे थियो ।
रामधुनी नगरपालिकाले न्याय सम्बन्धि कामहरू गर्दै आएको छ ।


