सुनसरी / सुनसरीको गढी गाउँपालिकामा ४५ दिने खड्की बुनाई तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उधोग कार्यालय इटहरी सुनसरीको आयोजना र गढी गाउँपालिकाको सहयोगमा ४५ दिने खड्की बुनाई तालिम समापन भएको हो । गढी गाउँपालिका वडा नं. २ मा तालिमको आयोजना बैशाख २५ गते देखी असार ७ गते सम्म तालिमको आयोजना गरएको थियो । तालिममा २० जनाको सहभागीता रहेको थियो ।
परम्परागत पोसाकलाई निरन्तरता सँगै सिप सिकाई उद्यमी निर्माणाका लागी तालिमको सहजीकरण गरीएको कार्यक्रमकि प्रमुख अथिति रहेका गढी गाउँपालिकाकी अनिता कुमारी साहकले बताउनुभयो । हाल समाजमा बढ्दो बेरोजगारी अवस्था रहेकोले यिनै सिप तथा बिउँ पुँजी व्यवस्थापन गरी पालिकाले बेराजेगारीको समस्यालाई बिस्तारै हल गर्दै जाने साहको भनाइ छ ।
कार्यक्रमको सभा अध्यक्ष एम कुमार थापा रहेको थियो भने गढी गाउँपालिकाको जनप्रतिनिधि ,तालिममा २० जना बढीको उपस्थिति रहेको थियो ।


