सुनसरी / इटहरी उपमहानगरपालिकाको बजेटलाई लिएर मेयर तथा एमाले पक्षीय जनप्रतिनिधिहरू एक अर्का बिच आरोप प्रत्यारोपमा उत्रिएका छन् । 

मङ्गलवार पत्रकार सम्मेलन गर्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले मेयर हेमकर्ण पौडेलले ठुलो आकारको बजेट ल्याएर इटहरी डुबाउन खोजेको आरोप लगाएका छन् । 

एमाले इटहरी उपमहानगरपालिका संसदीय दलका नेता प्रमोद शेर्पाले यथार्थमा आधारित स्रोतको अनुमान नगरी एक पक्षीय रूपमा ठुलो आकारको बजेट ल्याएर इटहरी डुबाउन लागेको आरोप लगाए । 

नेता शेर्पाले भने,‘चालु आर्थिक वर्षमा अनुमानित भन्दा धेरै कम आय प्राप्त हुँदा अहिले ठुलो रकम भुक्तानी गर्न नसकेको अवस्थामा पुनः ठुलो आकारको बजेट ल्याएर इटहरीलाई आर्थिक रूपमा डुबाउन लागिएको छ । हामी त्यो हुन दिनेछैनौँ ।’

सोमबार मात्रै उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले एमाले जनप्रतिनिधिको कारण ठुलो रकम भुक्तानी गर्न नपाएको आरोप लगाएका थिए । मेयर पौडेलले बहुमतमा रहेका एमाले जनप्रतिनिधिहरूको दम्भले भुक्तानी दिन नसकेको आरोप लगाएका थिए । 

सोही विषयको खण्डन गर्दै एमाले नेता शेर्पाले भुक्तानी दिन एमालेले नरोकेको स्वयम मेयरले नै रोकेको प्रत्यारोप लगाएका छन् ।  एमाले संसदीय दलका सचिव उमेश सुवेदीले मेयर पौडेलले टेबल मुनि र माथिबाट भुक्तानी दिने गरेको गम्भीर आरोप लगाए । 

वडा न. ३का अध्यक्ष समेत रहेका सुवेदीले भने, ‘ भुक्तानी रोक्ने काम स्वयम मेयरबाट भएको छ । कतिपय भुक्तानीहरू टेबल मुनि र माथिबाट दिइने गरिएको छ । मेरै वडाका कतिपय भुक्तानी रोकिएको छ ।’

उनले थप स्पष्ट पार्दै भने,‘आफ्ना नजिकका मान्छेका फाइलहरूको भुक्तानी छिटै हुन्छ, अरूको भुक्तानी आफू अनुकूल नहुँदा सम्म रोकिदिने गरिएको छ । फागुन देखीका फाइलहरू रोकिएका छन् । ’ 

पत्रकार सम्मेलनमा ज्येष्ठ १७ गते सम्म पूर्वाधार तर्फको मात्रै १ अर्ब ५१ करोड र अन्य तर्फ २८ करोड भुक्तानी दिन बाँकी देखिएको जानकारी दिइयो ।  

एमाले जनप्रतिनिधिहरूले मेयर पौडेलले एक पक्षीय रूपमा ल्याएको बजेट पुन पुरानै प्रक्रियाबाट अगाडी बढाउन माग गरेका छन् । 

बजेट पुनः पुरानै प्रक्रियामा फर्काएर पास गर्न कानुनले दिएको अधिकार प्रयोग गर्दै कानुनी लडाई लड्ने एमाले जनप्रतिनिधिहरूले बताएका छन् । 

त्यसो त थुप्रै योजनाहरूको भुक्तानीसमेत दिन नसक्नुले मेयर र एमालेका कार्यपालिका सदस्यबीच टकराव बढ्दै गएको छ। मेयर पौडेलले सोमबार एमाले जनप्रनिधिहरूको कारण उपभोक्ताहरूको रकम भुक्तानी दिन नसकेको आरोप लगाएका थिए।

पाँच महिनादेखि बारम्बार कार्यपालिका बैठक बस्न आग्रह गर्दा पनि एमालेका जनप्रतिनिधिहरूले बस्न नमान्दा उपभोक्ताहरूको करोडौँ रुपैयाँ भुक्तानी हुन नसकेको मेयर पौडेलको भनाइ छ।

कार्यपालिका बैठक बसेर मात्र उपभोक्ताहरूले भुक्तानी पाउँछन्, तर कार्यपालिकामा बारम्बार एजेण्डा फर्काउनु परेको मेयर पौडेलले बताए।
त्यसलाई खण्डन गर्दै मंगलबार एमाले जनप्रतिनिधिले पत्रकार सम्मेलन गरी मेयरको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

उनिहरुले नगर प्रमुख जस्तो गरिमामय पदमा आसिन स्थानीय सरकार प्रमुखले भिडियो सन्देशमार्फत नगरबासी समक्ष सप्रेषण गरेको सुचना यर्थाथमा आधारित नभई कपोकल्पित भ्रामक र सार्वजनिक खपतका लागि गरिएको हो भन्ने महसुस भएको जनाएका छन् ।

वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरुले इटहरी उपमहानगरपालिको बैठक ५ महिना देखी नबसेको जसको कारणबाट उपभोक्ता समितिमार्फत भएको कामको भुक्तानी हुन नसकेको नगरपालिकासँग यथेष्ट रकम रहेपनि बैठकबाट स्रोतान्तर हुननसकेको र एमालेबाट निर्वाचित जनप्रतिनिधिका कारण उपमहानगर अगाडि बड्न नसकेको जस्ता अनेक आरोपहरु लगाएकोमा ति बिषयको स्पष्टताका लागी नगरप्रमुख समक्ष सार्वजनिक रुपमै निम्न प्रश्नको जवाफ माग गरेका छन्।IMG_20240702_165842

IMG_20240702_165910