सुनसरी / सुनसरीको रामधुनी नगरपालिकामा महिला र नागरिक विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । सुनसरीको रामधुनी नगरपालिको स्थित झुम्कामा रहेको रेडक्रस भवनमा हाम्रो साझा अभियान सुनसरीको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा महिला र नागरिक विषयक अन्तरक्रिया कार्यक्रममा रामधुनीका १ सय ५० बढी महिला तथा पुरूषहरूको नागरिकता सम्बन्धि अन्तरक्रिया गरिएको थियोे ।

नागरिकता सम्बन्धि समस्या भएका व्यक्तिले आफ्नो समस्या सुनाएका थिए । उनीहरूको प्रश्नको उत्तर जिल्ला प्रसाशन कार्यलय सुनसरीका प्रशासकिय अधिकृत केशव खतिवडाले दिनुभएको थियो । न्याय समितिका क्षेत्राअधिकार सँसँगै स्थानीयहरूलाई क्षमता अभिवृद्धि , कानुनी सचेतना र कानुनको विषयमा नगरपालिकाले जानकारी गराउदै जाने रामधुनी नगरपालिकाका उप प्रमुख तारा थापाले बताउनुभयो ।

नागरिकको समस्या अनुसार नागरिकताको विषय समाधान गर्ने उहाँको प्रतीवद्वता रहेको थियो । नागरिकता सम्बन्धित विभिन्न समस्या आएकाले संविधानमा संशोधन भएपछि  नागरिकाताको समस्या समाधान हुने जिल्ला प्रसाशन कार्यलय सुनसरीका प्रशासकिय अधिकृत केशव खतिवडाले बताउनुभयो ।

नगरपालिकामा महिला र नागरिक विषयक अन्तरक्रिया कार्यक्रम गर्दै जाने नगरपालिकाले जनाएको छ । रामधुनी नगरपालिकाले रामधुनीमा महिला तथा पुरूषका लागि अपांगता कार्यक्रम ,तालिम ,प्रशिक्षण , सिकाई , लगाएत कार्यक्रम गर्दै आएको छ । रामधुनी नगरपालिकाले यस अघि कानुनी रूपमा न्यायमा पहुँच पुर्याउन र कानुनको विषयमा समस्या परेकालाई स्थानीय क्षेत्रमा कानुनी समस्याको बारेमा समाधानको विषयमा परामर्श कार्यक्रम गरेको थियोे ।IMG_20240629_145555