सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकाले २१ औं राष्ट्रिय धान दिवसको मनाएको छ । 

जलबायु मैत्री कृषि, धान उत्पादनमा वृद्दि भन्ने मुल नारालाई आत्मासात गर्दै सधैँ झै यो साल पनि धान दिवसको अवसरमा इटहरी ११ सिमरवना टोलमा धान रोपाई गरेको छ । 

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा खेतमा काम गरी दही च्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । इटहरीका २० ओटै वडा कुषिमा निर्भर भए पनि ११ नम्वर वडाको प्रगति सिल कृषि समूहले तरकारी खेतीमा राम्रो उत्पादन गर्दै आएको छ ।

सो समुहलाई प्रोत्साहन सँसँगै उच्चमनोबल बृद्धि गर्न ११ नम्वर वडामा कार्यक्रम गरिएको इटहरी उमपहानगरपालिकाका कृषि शाखा प्रमुख गंगा अधिकारीले बताउनु भयो ।

तिनै तहका सरकारले किसानहरुको आत्मबल बढाएर धान खेतिमा जोडदिनु पर्ने बताउदै  किसानको वर्ष भरीको अन्नको जोहोका लागी यो दिवस महत्पुर्ण भएको इटहरी उमपहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलले वताउनु भयो । सुनसरीमा मुख्य अन्नवालीको रुपमा लगाइने धान ४८ हेक्टर क्षेत्रफलमा लगाइदै आएको छ ।

सो कार्यक्रममा इटहरी १ का वडा अध्यक्ष रतन कार्की (कैलाश )?इटहरी २ का वडा अध्यक्ष माधव कोइराला कृषक , समाजसेवि ,बुद्धिजीवी लगाएतले।धान रोपेका थिए ।